FAQs Complain Problems

मोतियाबिन्दु मुक्त समाज हाम्रो अभियान भन्ने नाराका साथ निशुल्क शिबिरको आयोजना

वीरगन्ज,पुस २२
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको सक्रियतामा दाश्रो चरणको निशुल्क मोतिया बिन्दु परिक्षण सिबिरको सुरु  गरिएको छ ।मोतियाबिन्दु मुक्त समाजमा हाम्रो अभियान भन्ने मुल नारा साथ शुरु शिबिरबाट पहिचार भएको रोगीहरुको  शैल्यक्रियाको मगंलबार किरणअँखा अस्पतालमा बिधिवत रूपमा उद्घघाटन गरिएको छ ।मोतियाबिन्दुको शैल्यक्रिया बिरगंज महानगरपालिका शुभ श्री जग्दम्बा सिमेन्ट मिल्स प्रा लि ,जगदम्बा एस एस पाइप प्रा लि ,सर्बोतम प्रा लि का संचालक उधोगपति  राजेश अग्रवाल र किरण अँखा अस्पतालद्वारा सन्युक्त रूपमा संचालन गरिएको हो । उक्त कार्यक्रम को उदघाटन कार्यक्रमका प्रमुख अतिथि नगर विजय कुमार सरावगीले गर्नुभएको थियो उदघाटन कार्यक्रममा ,वार्ड नम्बर १६ का वडा अध्यक्ष शयामबाबु चौरसीया, वार्ड नम्बर ११ का वडाअध्यक्ष प्रधुम्न शेढाइ ,वार्ड न १२का वार्ड सदस्य रमेश साह कानु, सजन अग्रवाल ,बिकाश चौधरी, पिन्टु उपाध्याय, सशी पान्डेय ,अस्लम अन्सारी लगायत नेता तथा कर्याकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम किरण आख अस्पतालका संचालक डाक्टर अमर क्यालको अध्यक्षतामा सम्पन्न भएको थियोे भने नगर प्रमुख सरावगीले मोतीयाबिन्दु शैल्यक्रिया गरिएका रोगीको स्वास्थ्य अवस्थाको जानकारी गर्नुका साथै विरामीहरुका लागी गरिएको सम्पुर्ण ब्यवस्थानको बारेमा डाक्टर क्यालसंग छलफल गरी आवश्यक सबै सहयोग पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।