FAQs Complain Problems

विद्यालय व्यस्थापनको गुण स्तरियतामा नगर प्रमुख सरावगीको जोड विद्यालयको छडके पछि , छात्र छात्राहरुसंगको नगर प्रमुखको सम्बादबाट सबैदगं

वीरगन्ज,पुस २४
वीरगन्ज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगीको पहलमा महानगरपालिकामा रहेको सुमदायीक बिद्यालयहरुको गुण स्तरियता सुधारसंगै विद्यालयहरुको व्यवस्थापनलाई उत्कृष्ट बनाउने कार्यलाई तिब्रता दिइएको छ । शिक्षा क्षेत्रको सुधारबाट नै समाज को विकास सम्भव भएकोले बिरगंज माहानगरपालिका नगर प्रमसख सरावगीले बिद्यालय सुदृढिकरण अभियानलाई तिब्रता दिनु भएको हो । विद्यालयहरुद्धारा प्रदान गरिने अध्यन अध्यापन लगायत  चलिरहेका विभिन्न सुधारात्क कार्यहरुको नगर प्रमुखसरावगीद्धारा अवचक निरिक्षण कार्यलाई निरन्तर्ता दिने गर्नुभएको छ ।सोही क्रममा बिहिबार दिउसो नगर प्रमुख सरावगीले नेपाल राष्ट्रिय आधारभूत विद्यालय चर्कोट परसवाका छडके निरिक्षण  गर्नुभएको हो । बिरगंज महानगरपालिका भित्र रहेका ९० वटै बिद्यालयमा व्यवस्थापन सुधारको अभियानलाई लागू गरिएको जनाइएको छ ।परसवामा रहेको उक्त विद्यालयको भौतिक अवस्था जरजर भएकोले गर्दा विरगन्ज महानगरपालिकाले विद्यालयको पुरानो भवनलाई भत्काएर नया भवन बनाउने कार्यलाई अगाडि बढाएको छ ।विद्यालयमा चलिरहेो पुन निर्माणका कार्यहरुको बारेमा नगर प्रमुख सरावगीले अनुगमन गर्नुका साथै भैरहेको काम र पढाइको अवस्था लगायत सम्पुर्ण गतिविधिबारे प्रधानाध्यापक एवम शिक्षक तथा बिद्यार्थीहरु छलफल गर्दै विद्यालयमा चाहिने सबै खाले सुधारका काम महानगरपालिकाद्धारा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नगर प्रमुख सरावगी विद्यालयका कक्षा कोठाहरुमा आफै पुगेर बिद्यार्थीहरुलाई राम्रो सङ्ग पढनुका साथै अगाडि बढेर देशको कर्णाधार बन्न अनुरोध गर्नुभयो । नगर प्रमुख कक्षामा आफै पुगेर प्रत्यक्ष सम्बाद गरेपछि उत्साहित सबै छात्र छात्राहरुलाई अभिभावकको हिसाबले सबैलाई आशीर्वाद समेत दिनु भएको थियो ।महानगरपालिकामा रहेका सबै निम्नमाध्यमिक  विद्यालयहरुमा गत बर्ष देखी नै फ्री सेनेटरी पैडको ब्यवस्था गर्नुका साथै माध्यमिक विद्यालयहरुमा सिसि टि वि , ई हाजिरी एवम ईन्टरनेटबाट बिद्यालयहरुको सम्पुर्ण कार्यप्रणालिहरुका अनुगमन कार्यलाई लागु गरिएको छ ।