FAQs Complain Problems

आगामि आर्थिक बर्षको बजेटमा सबैको राय सुझाव समेटेर शिक्षा निति ल्याइने छ :- नगर प्रमुख विजय कुमार सरावगी

शिक्षालाई सुदृढ बनाए मात्रै समाजमा आमुल परिवर्तन आउने बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विगत १५ बर्ष देखि शिक्षा क्षेत्र विद्ययमान रहेको बिकृतिहरुलाई निमूल पारिदै जाने धारणा व्यक्त गर्नुभएको छ । आगामि आर्थिक बर्षदेखि लागु हुने शिक्षा नितिको बारेमा शिक्षाविद्वहरुसंग महानगरपालिकाले आयोजना गरेको वृहत छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो बताउनु भएको हो । उहाले विगतमा शिक्षकहरुको सरुवाको जति विरोध गरेपनि अहिले सबै क्षेत्रबाट महानगरपालिकाको त्यो निर्णयका सकारात्मक परिणाम आइरहेको बताउनु भयो । श्री माईथान विद्यापिठ माध्यमिक विद्यालयका व्यवस्थापन समितीका पदाधिकारीहरुले विद्यालयको व्यवस्थापनलाई राम्रो बनाउनु भन्दा पनि विद्यालयलाई भ्रष्टाचारको अखडा बनाएकोले उक्त समितिलाई महानगरपालिकाले विघटन गरि आवश्यक कार्यवाहि अगाडि बढाएको बताउनु भयो । शिक्षा क्षेत्रमा अब कुनैपनि बहानाको अनैतिकता वा भ्रष्टाचार आफुलाई बर्दास्थ नहुने बताउदै त्यस्ता व्यक्तिहरुलाई कडाभन्दा कडा कार्यवाहि गरिने नगर प्रमुख सरावगीको भनाइ रहेको थियो ।शिक्षा विद्वहरुबाट आएको राय सुझावलाई समेटने गरि आगामि बर्षको शिक्ष निति  तथा कार्यक्रम लागु गरिने उहाको भनाई समेत रहेको थियो । कार्यक्रममा निजि तथा समुदायीक विद्यालयहरुमा आमूल सुधारका आवश्यकता रहेको र उच्च तहको शिक्षामा प्राविधिक शिक्षालाई प्राथमिकता दिनु पर्ने लगायत विभिन्न राय सुझावहरु कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका थिए ।