FAQs Complain Problems

कुहिने फोहाेरको लागि हरियो डस्टबिन र नकुहिने फोहाेरको लागि रातो डस्टबिन निशुल्क वितरण तथा जनचेतनाको कार्यक्रम

वीरगंज महानगरपालिकाले फोहाेरमैलाको पृथकीकरण/वर्गीकरण घर-घरमै गर्नुपर्ने नीति अवलम्बन गरेको हुँदा सोहीअनुरुप द्वितीय चरणमा वडा नं १,२,३,११,१३,१४,१५ र १६ का सम्पूर्ण घरधुरी तथा पसलधनीहरुलाई कुहिने फोहाेरको लागि हरियो डस्टबिन र नकुहिने फोहाेरको लागि रातो डस्टबिन निशुल्क वितरण तथा जनचेतनाको कार्यक्रम गर्दैछ | 
स्वच्छ तथा सफा वीरगंज महानगरको लागि गरिएको यो प्रयासलाई सफल पार्न वीरगंज महानगरपालिका कार्यालयले सम्पूर्ण नगरवासीको सहयोग तथा सहकार्यको लागि अपिल गर्दछ |