FAQs Complain Problems

नगरप्रमुख सरावगी द्वारा बढीपिडितलाई राहत बितरण,बचाव र व्यवस्थापन संगसंगै

वीरगन्ज महानगरपालिकाको बाढी प्रभावितलाई राहत बितरण गर्नुका साथै नगर प्रमुख बिजय कुमार सरावगीले बढीबाट भएको छतीलाई पुर्ण व्यवस्थपनको कार्यलाई अगाडि बढाउनु भएको छ ।बाढीबाट पिडित बेलवाका ८० मुसहर परिवारलाई बुधबार नगर प्रमुख सरावगीले राहत बितरण गर्नुभएको छ ।बाढीको कारण बिचलीमा परेका रामऔतार माभी मुकेश माझी,रामनाथ माझी,बिनोद माझी लगायत ८० परिवारलाई चिउरा ,चिनि,बिस्कुट,चाउचाउ लगायतका राहत सामग्रीहरु नगर प्रमुख सरावगीले बितरण गर्नुभएको थियो ।
  साथै महानगरपालिकाको प्राविधिक टोली सहित बुधबार दिन भरी वडा नम्बर२९,३० र ३१मा  बाढीबाट भएको क्षतीको  बारेमा नगर प्रमुख सरावगीले स्थलग जानकारी लिनु भएको छ ।योजना महाशाखाका प्रमुख अखलाक सिद्धिकि,प्रशासन महाशाखाका अधिकृत सुमन श्रेष्ट,वडा अध्यक्ष अमानत मिया ,धमेन्द्र महतो थारु र चुमन चौधरी एवम राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी सहितको टालीसग मुसैली,बस्डीलवा,बेलवा प्रसोतीपुर र लालपर्सा लगायत उत्तरी क्षेत्रमा भएको क्षतीको पुर्णव्यवस्थापनको लागी स्थानियहरुसगं छलफल गर्दै अबिलम्ब बाध निर्माण,कलभर्ट तथा बाटोहरुको मर्मत कार्य सुरु गर्न महानगरपालिका अधिकारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।मुसैलीको साधुखोलको पुल  र भेडाहाखोलको बाध निर्माण कार्यलाई तिब्रता दिनुका  साथै बाढीले गर्दा गाउहरु जोडने बाटोहरुमा  भएको क्षतीलाई   अबिलम्ब मर्मत गर्नुका साथै चाहिने ठाउहरुमा ह्यूम पाइप समेतको व्यवस्थापन गर्न योजना प्रमुख डिभिजन इन्जिनियर अखलाक सिद्धिकि र  अधिकृत सुमन श्रेष्ठ नगर प्रमुख सरावगी निर्देसन समेत दिनुभयो ।