FAQs Complain Problems

नेपाल भ्रमण बर्ष २०२०भब्यताका साथ मनाउने निर्णय

वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण बर्ष २०२० मनाउने निर्णय गरिएको छ ।नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकद्धारा सबै संघ संस्थाहरुसगं समन्वय गर्दै  भ्रमण बर्षलाई भव्यरुपमा मनाउने निर्णय गरिएको जनाइएको छ ।भ्रमणबर्षलाई भव्यता दिन नगर प्रमुख सरावगीको अध्यक्षतामा १७ सदसीय पर्यटक प्रबद्धन समिति गठन गरिएको छ ।समितीका सदस्यहरुमा होटल पर्यटन व्यवसायी सघका सयोजक हरिपन्त,होटल व्यवसायीहरु दिपकमान श्रेष्ठ,मोहन पधान,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया,जगत साहकानु,भिजिट मधेसका ओम प्रकाश सर्राफ लगायतका व्यक्तिहरु रहनु भएको छ । बैठकले पर्यटक दिवसको अवसरमा वीरगन्ज शंकराचार्यद्धारमा पहिलो पर्यटकलाई स्वागत गर्ने तथा सोहि दिन दिउसो पर्यटन दिवसको  बारेमा सरोकारवालाहरुसगं अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ ।वीरगन्ज रक्सौल नाका हुदै आउने पर्यटकहरुलाई सहज बातावरण तयार गर्न सविधा युक्त नमस्ते सेन्टरको स्थापना गर्ने निर्णय समेत गरिएको छ ।