FAQs Complain Problems

महानगरपालिकाको १० प्रभावित क्षेत्रमा राहत वितरण, एकद्धार प्रणालिद्धारा राहत बितरण गर्ने निर्णय

बाढी पिडितहरुको राहत एकद्वार प्रणालिद्धारा प्रदान गर्ने निर्णय गरिएको छ । वीरगन्ज महानगरपालिकाको अगुवाइमा आज वीरगन्जको उधोगवाणिज्य संघमा बसेको सरोकारवालाहरुको बैठकले  वाढी पिडितहरुलाई एकरुपता कार्यम गर्दै राहत बितरणमा एकद्वार प्रणाली लागु गर्ने निर्णय गरेको हो । 
वीरगन्ज महानगरपालिकाका  नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका भित्र भएका डुबानबाट प्रभावितलाई चाँडो राहत पुर्याउन निर्णय समेत गरेको छ ।  
बैठकले नगरप्रमुखको निर्देशनमा जिल्ला दैविप्रकोप उद्धार समिति मार्फत राहत वितरण गर्ने सहमती भएको छ । डुबान प्रभावित वडाका अध्यक्ष तथा जन प्रतिनिधी र प्रहरीले उपलब्ध गराएको तथ्याको आधारमा दैविप्रकोप उद्धार समितिमार्फत राहत वितराण गर्ने सहमति भएको नगर प्रमुख क्षेत्रका सरावगीले जानकारी दिनुभयो। 
चार दिनदेखि परेको अविरल वर्षको कारण भएको महानगरपालिका भित्रको डुवान क्षेत्रका प्रभावितहरुलाई शनिबार देखि नै राहत विरण समेत सरु गरिएको नगर प्रमुख सरावगीले बताउनुभयो । राहत वितणका हिलो दिन महानगरपालिकाको विभिन्न दश स्थानमा चाउ चाउ, चिउरा, मिठ्ठा बिस्कुट,खानेपानी र आवस्या  औषधी समेत वितरण गएिको महानगरपालिकाले जनाएको छ ।  
डुवानबाट जनधनको क्षेती हुन नदिन महानगरपालिकाको उद्धार सयन्त्रलाई चुस्तदुरुस्त आवस्था चौविसै घण्टा तयार राखिएको समेत नगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला देवि प्रकोप उद्धार समिति पर्साको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गाृपाल केडिया, नेपाल प्रहरी, स्शसत्र प्रहरी तथा नेपाली सेनको अधिकारीहरु समावसेवी भद्रभलादमिहरुको उपस्थिती रहेको थियो ।