FAQs Complain Problems

वीरगन्ज महानगरपालिकाको सरसफाई जिम्मा श्रावण देखि निजिक्षेत्रलाई

वीरगन्जको सरसफाईको जिम्मेवारी निजि क्षेत्रलाई दिइएको छ ।सार्वजनिक,निजि तथा साझेदारी (पिपिपि)मोडेलमा श्रावण १ गते देखि लागु हुने गरी महानगरपालिकाको सरसफाईको जिम्मेवारी निजिक्षेत्रलाई दिइएको हो । थ्रीपि मेडेल अनुसार सरसफाईको जिम्मेवारी पृथ्वीतारा एवम एनके इन्टरनेशल जेभिले लिएको हो ।महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको उपस्थितीमा विहिबार दुबैपक्ष बिच भएको समझौतामा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत र ठेक्केदार कम्पनिको तर्फबाट प्रबन्ध निर्देशक केशव नेपालले हस्ताक्षेर गर्नुभएको थियो । सरसफाईसगं सम्बन्धी चेताना मुलक कार्यहरु अषाढ देखि उक्त कम्पनिले सुरु गरेपनि आउने श्रावण १गते देखि महानगरापालिकाको सरसफाई गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।