FAQs Complain Problems

सत्यनिष्ठा सम्मेलन

 

मुलुकमा सदाचार र सुशासन ल्याउन समाजका सबै बर्गले आफैबाट सुरुवात गर्नु पर्ने धारणा वक्ताहरुले व्यक्त गरेकाछन् । एकाउन्टिबिलिटी ल्याब र वीरगंज महानगरपालिकाको कार्यालयको संयुक्त आयोजनमा शुक्रबार वीरगंजमा सम्पन्न सदाचार र सुशासन प्रवद्र्धनलाई संस्थागत गर्नका लागि प्रदेश स्तरिय सत्यनिष्ठा सम्मेलनमा वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नो कार्यकालमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्ट कर्मचारी रहेको स्वीकार्दै त्यस्ता कर्मचारीलाई आफूले सूचना पाए लगत्तै कारवाही गर्ने गरेको बताए । वर्तमान अख्यिार प्रमुख नवीन घिमिरेबाट जनताले धेरै आशा गरेको भन्दै उपाध्यायले हाल अख्तियारलाई भारतको सिबिआई भन्दा बढी अधिकार रहेकाले घिमिरेलाई काम गर्ने धेरै अवसर रहेको बताए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नगर प्रमुख विजय कुमार सरावगीले दलगत स्वार्थबाट उठेर विकास निर्माणको कार्यमा सबै एक भएर लागन जनप्रतिनिधिहरुलाइ अनुरोध गर्नुभयो ।उहाले विगतको २दशकको कर्मचारी तन्त र त्यसभन्दा अगाडिको पार्टी तन्त्रलेगर्दा वीरगन्जको अवस्था दयनीय भएको बताउदै अब सबै मिलेर विकासलाई पारदर्शि र तिब्रगति दिन आवश्यक रहेको बताउनु भयो ।
      महानगरपालिकाको मुख्य प्रशासकिय अधिकृत डाभीष्मकुमार भूसालले वीरगंजको सुधार कुनै देवदुत आएर नगर्ने बताउदै यसको सुधारका लागि वीरगंजबासी आफै जागरुक हुनु पर्ने बताउनु भयो  ।सदाचार र सुशासनले मात्र महानगरको विकास हुने बताउदै उहाले महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु एकढिक्का भएर विकासको विगुल फुकि सकेको र यसमा नागरिकसमाजको सहयोग र सहभागीताको अवश्कता रहेको बताउनु भयो ।
प्राध्यापिकासुष्मा तिवारी द्विवेदीले आजका सन्ततीले गुणस्तरिय शिक्षा नपाए भविष्यमा मुलुकले सबै क्षेत्रमा कमजोर जनशक्ति पाउने बताइन् । 
नागरीक समाजका अगुवा तथा उद्योगपति गणेश लाठले समाजका अगुवाहरुकै दोहोरो चरित्र रहुन्जेल समाजको भलो नहुने र सदाचारिता लागु नहुने बताए । उनले समाजका सबै सदाचारको सुरुवात आफैबाट लागु गर्नु पर्ने सुझाए । 
पत्रकार चन्द्रकिशोरले लोकतन्त्र संस्थागत भए समाजको सबै क्षेत्र व्यवस्थित हुदै जाने बताए । सन्चार जगतले समाजको सबै क्षेत्रलाई खबरदारी गरी रहनु पर्ने उनको भनाई थियो । 
सामुदायिक रेडियो प्रसारक संघका सचिव गोबिन्द देवकोटाले समाजलाई जागरुक बनाउन सन्चार जगत  अहम भूमिका खेल्दै आएको दाबी गरे । कार्यक्रममा सहभागी वडा अध्यक्ष,कर्मचारी अधिकृत,सचांरकर्मि लगायत सबैले सदाचार र सुशासनको बारेमा लिखित प्रतिबद्धता समेत व्यक्तगरेका छन ।