FAQs Complain Problems

Letter issued to municipality staffs to pay Integrated Property Tax within 7 days

वीरगंज उपमहानगरपालिका कार्यालयले कार्यालयमा कार्यरत कर्मचारीहरूले चैत मसान्तसम्म आफ्नो सम्पत्तिको एकीकृत कर बुझाउन पत्र पठाएपछि खैलाबैला मचिएको छ । कार्यालय प्रमुख विष्णु कोइरालाले सो कार्यालयमा कार्यरत कर्मचारीहरूलाई एकीकृत सम्पत्ति कर चैत मसान्तसम्म बुझाउन सूचित गर्दै सो नबुझाउनेहरूको तलब रोक्का गर्ने बताएका छन् । सो कार्यालयबाट कर्मचारीहरूको लागि जारी भएको सूचना अनुसार कर्मचारीको आमा, बुबा, पत्नी, छोराछोरीको नाममा नगरपालिकाभित्र दर्ता रहेका जग्गा वा घरको एकीकृत सम्पत्ति वा नपालाई बुझाउनुपर्ने कर सात दिनभित्र नबुझाए तलब रोक्का गर्ने जनाइएको छ । वीउमनपामा ५७७ जना कर्मचारी कार्यरत छन् । सोमध्ये ५ प्रतिशतले मात्रै एकीकृत सम्पत्ति कर वीउमनपालाई तिर्दै आएको वीउमनपा स्रोतले जनाएको छ । वडा नं. १ देखि १९ सम्म जम्मा घरधुरी २६ हजार तथा खाली जग्गाको ५० हजार करदाता रहेको तर सोमध्ये ४० प्रतिशत मात्र करको दायरामा आएको प्रमुख कोइरालाले बताए । नगरको कर्मचारीलाई कडाइ गर्नु पनि कर सड्ढलन अभियानकै एक पक्ष भएको प्रमुख कोइरालाले प्रस्ट पारेका छन् । नगरवासीलाई करको दायरामा ल्याउनुअघि नैतिकरूपमा वीउमनपाका कर्मचारीहरूलाई करको दायरामा ल्याएरअगुवाइ गरेमा अन्य करदातालाई दायरामा ल्याउन उचित हुने उनले बताए ।