FAQs Complain Problems

छपकैयामा आयोजित निशुल्क आखा शिविरको नगर प्रमुख सरावगीद्धारा उद्धघाटन

वीरगन्ज,मंसिर २२
वीरगन्ज महानगरपालिका अन्तर्गत छपकैयामा आयोजित आखा शिविरको उदघाटन नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभएको छ ।आखा शिविरको उदघाट गर्दै नगर प्रमुख सरावगीले आखा जिवनको सबै भन्दा महत्वपुर्ण अगंभएकोले यसको उपचारमा कुनै कमि हुननदिने धारणा व्यक्त गर्नुभयो ।उहाले नगरवासीको आखा उपचारको लागी आफुबाट हुनै सबै सहयोग जारी राख्ने बताउनु भयो ।
  मेयर कल्याणकारी कोषद्धारा बिरगंज महानगर भित्र सम्पूर्ण वडाहरुमा अभियानकै रुपमा आयोजना भइरहेको सातौ शिविर छपकैयामा सम्पन्न भएको हो ।
 नगर प्रमुख सरावगीले मोतीयाबिन्दुको परिक्षण पश्चात सम्पूर्ण बिरामिहरुलाई  निशुल्क बस सेवा मार्फत  मतृका आइ अस्पतालमा ल्याई मोतियाबिन्दु अपरेशन मंसिर २७ गते देखि पुष ३ गते सम्म हुने बताउनु भयो । बिरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसनको सहयोगमा आखा चेकजाचको  शिबिर  संचालन गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको उक्त निशुल्क आखा शिबिर कार्यक्रममा राजनितिक सल्लाहकार मुकेश दुबेदी, दिनेश साह,वडा न ३ का वडा अध्य्क्ष बैजुलाल स्वर्णकार, समुदायिक स्कुलका प्रशिक्षक लगायत वडाका सदस्य तथा विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आख को परिक्षण २०२ जना ओपरेसन छज्ञ जना छ्प्कैया ज्ञ नो वार्ड मा भयो ।उहाले जनकारीका कारण कतिपय गाउका बृद्धहरुको दुइटै आखाको मोतीयाविन्दु रोगको अवस्था अन्तिम चरणमा रहेपनि रोगप्रति उदासिन्ता देखिएको बताउदै उहाले आखाको उपचार सबै भन्दा उत्कृष्ट धर्मको रुपमा रहेकोले मेयर कोषबाट एक हजार रोगीको तत्कल अपरेश गरिने  बताउनु भयो ।नगर प्रमुख सरावगीले मोतीयाबिन्दुको उपचारको अफियान जारी रहने बताउदै परेमा यस बर्ष दुई हजारसम्मकार रोगीको अपरेशन गर्ने आफ्नो सोच रहेको बताउनु भयो ।बडा वीरगन्ज महानगरपालिका वडा नम्बर २४को वडा अध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १७२वडा बासीले अाँखाको परिक्षण गराएकोमा ५०जनालाई मोतोयबिन्दुको रोग रहेकोमा उनीहरुको आखाको अपरेशन मंसिर २६ गते हुने बताइएको थियो ।   बिरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसन को सहयोगमा शनिबार बिहान  अँखा चेकजाचको  शिबिर  संचालन गरिएको छ।
     मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा  विभिन्न ठाउहरुमा  निशुल्क अाँखा शिबिरको आयोजना हुदै आएको छ ।सोहि क्रममा यो सातौे  शिविरको आयोजना गरिएको हो । उक्त निशुल्क आखा शिबिर उदघाटन कार्यक्रममा राजनितिक सल्लाहकार मुकेश दुबेदी समाजबादी युवा संघका केन्द्रिय सहइन्चार्ज फिरोज मन्सुर,नेपाली कांग्रेसका प्रमचन्द्र दुबे, लगायत विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मतृका आइ फाउन्डेसनका डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरुको आंखा परिक्षण गर्नुभएको थियो ।
    मोतियाबिन्द फेला परेका रोगीहरुको मंसिर २९ गते देखि  बिरगंज स्थित माटृका आई फाउन्डेसनमा  तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शैल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।